२०८० माघ २५ काठमाडौ । रोल्पा जिल्लाको माडी गाउँपालिकाले फागुन १ गते ‘जनयुद्ध’ दिवसको उपलक्ष्यमा सार्वजनिक बिदा दिएको छ ।

२०८० माघ १७ गतेको माडि गाउँपालिकाको बसेको बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना सार्वजनिक गरेको छ ।

माडीगाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज परियारले सूचना पत्रमा हस्ताक्षर गरेर बिदा सम्बन्धिको सूचना सार्वजनिक गरेका छन ।

फागुन १ गतेका दिन माडीगाउँपालिका मातहतका सरकारी कार्यालय र शिक्षण संस्थाहरु बन्द रहने सूचनामा उल्लेख छ ।

अर्कोतिर सर्वोच्च अदालतले फागुन १ गतेको सार्वजनिक बिदा खारेज गरिसकेको छ । सर्वोच्च अदालतको सूचनामा भनिएको छ ´२०७९ माघ २९ गते को निर्णय र २०८० फागुन १ गते सोही बिदा दिने भन्ने निर्णय तथा नेपाल राजपत्र भाग ५ खण्ड ७२ सख्या ६५ मिति: २०७९ चैत्र २ मा प्रकासित सूचना एवं सो सन्दर्भमा विभिन्न प्रदेश सरकारबाट भएका निर्णय सूचना समेत उत्प्रेषणको आदेश द्वारा मिति:२०८० फागुन १ को सार्वजनिक बिदा बदर भएको निर्णय भएको छ ।`

नेपाल सरकारले ´जनयुद्ध दिवस`को उपलक्ष्यमा दिएको सार्वजनिक बिदा सर्वोच्च अदालतले मिति २०८० माघ २३ गते एक सूचना सार्वजनिक गरेर बिदा खारेज भएको जानकारी दिएको छ ।

“सर्वोच्च अदालतले खारेज गरेको बिदा गाउँ पालिकाले दिनु भनेको सर्वोच्च अदालत लाई नै नमानेको बुझिन्छ।”