२०८० माघ २४ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ४.९२ विन्दुले बढेर २०९०.६४ अंकमा पुगेको छ । सेयर कारोबार २ अर्ब रुपैयाँभन्दा बढीको भएको छ ।

“आज समग्र सेयर बजार हरियो देखिए पनि अधिकाम्स कम्पनीको सेयर भाउ अन्डरभ्यालु अबस्थामा रहेको छ । ३२०० को नेप्से १८०० आसपास आउँदा सेयर लगानीकर्ताले खर्वौ गुमाईसकेका छ्न तरपनि नेप्से अझै घटछ भन्ने तर्क ओकल्ने लगानीकर्ता पनि बजारमा कमि छैनन् ।”

“नेपालमा बिदेशी डलरको संचितिदर बढ्नु , बजारमा तरलता वृद्धि भएर राष्ट्र बैंक तरलता खिच्न बाध्य हुनु, बैंकहरुले ब्याजदर घटाउनु, सेयर बजार नेप्से घटन थालेको २ बर्ष समय भैईसकेको, अर्थमन्त्रीले नेपालको अर्थतन्त्र राम्रो रहेको संकेत दिनु, नेपालको अर्थतन्त्र धेरै मात्रामा चलाएमान हुँदै छ भन्ने जस्ता भनाई व्यक्त गर्नुले सेयर बजार नेप्से धेरै माथी जाने प्रक्षेपण गरिदैछ ।”