२०८० माघ २४ काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना हाजिर जमानीमा रिहा भए लगत्तै अखिल क्रान्तिकारी द्वारा जिल्ला अदालत, काठमाडौंको मुल ढोका अगाडि निषेधित एरिया तोडेर एक्कासि बिरोध प्रदर्शन गरेका छन ।

बिरोध प्रदर्शनमा प्रदर्शनकारी द्वारा आक्रोश पुर्ण नारा जुसुल लगाएका छन । प्रदर्शनकारीले ´बाँसबारी छाला उद्योगको जग्गा हिनामिना गर्ने बिनोद चौधरी, अरुण चौधरी लाई गिरफ्तार गर। भ्रष्ट अदालत मुर्दावाद । भ्रष्ट न्यायाधीश राजिनामा दे । नेपाल प्रहरीलाई छानबिन गर्न दे । सिआईबी माथिको अदालतको हस्तक्षेप बन्द गर । सार्वजनिक जग्गा हड्प्नेलाई कारबाही गर । अखिल क्रान्तिकारी जिन्दावाद ।` जस्ता आर्कोसपुर्ण नारा जूलूस लगाएका थिए।

“सान्तिपुर्ण रुपले नारा, जूलूस, धर्ना, बिरोध प्रदर्सन गर्न पाउने नेपाली जनताको हक अधिकार संविधानले स्पष्ट उल्लेख गरेको छ । तर नेपाल प्रहरीले नेपालको संविधानको भावना बिपरित अखिल क्रान्तिकारीको सान्तिपुर्ण बिरोध प्रदर्शन कार्यक्रम माथी बल प्रयोग गरेर प्रदर्शनकारी सवैलाई गिरफ्तार गरेको छ ।”

(:भ्रष्ट न्यायाधीश राजिनामा दे । बिनोद चौधरीलाई गिरफ्तार गर । भन्दै गरिएको बिरोध प्रदर्शनको लाईभ दृश्य:)