२०८० माघ २३ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय देखि उत्पन्न भएको बिवाद सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक पत्र लेख्दै आग्रह गर्नु भएको छ । बिपि प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)लाई एक पत्र लेख्दै कार्किले बारम्बार बन्द, हड्तालका कारण उक्त प्रतिष्ठान क्षयीकरणको क्रममा रहेको र यो देशकै लागि दुखद र नोक्सानको विषय भएको समेत बताएकी छन् ।२०५० सालमा स्थापित प्रतिष्ठान नेपालको लागी अग्रणी स्वास्थ्य संस्था साथै नेपालको पूर्वी भेगको एक बिशिष्टकृत रिफरल अस्पतालको रुपमा रहँदै आएकोमा बिपि प्रतिष्ठानमा बारम्बार हुने गरेका बन्द, हड्ताल जस्ता विभिन्न विषम परिस्थितिले देशको स्वास्थ्य र मेडिकल शिक्षाको मेरुदण्ड मध्यको एकको रूपमा स्थापित प्रतिष्ठान क्षयीकरणको क्रममा छ। जुन सिंगो नेपालको लागि अत्यन्तै दुःखद र नोक्सानको विषय हो` उनले भताएकी छिन् ।