२०८० माघ २२ काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा अनियमिता हिनामिना गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका अरुण चौधरी सहित ३ जनालाई पुन ३ दिन अनुसन्धानका लागि म्याद थप भएको छ । अरुण चौधरी, अजितनारायण सिंह, थापा, सञ्जय ठाकुरलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

उनीहरुलाई माघ १८ गते पक्राउ गरेर अदालतमा उपस्थित गराएको थियो । पक्राउ गरे लगत्तै अदालतमा पेश गरेको ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको थियो।

म्याद अवधि भित्र प्रहरीले सवैको बयान लिईसकेको प्रहरी श्रोतले जनाएको छ । केही बिषयमा थप अनुसन्धान गर्न बाँकी रहेको भन्दै प्रहरीले आज अनुसन्धानका लागि हिरासतमा राख्न थप म्याद लिएको प्रहरी श्रोतले जनाएको छ ।

बयान दिने क्रममा अरुण चौधरीले कानून विपरित भएको भए जग्गा फिर्ता गर्न तयार रहेको बताएको श्रोतले जनाएको छ ।