२०८० माघ २१ काठमाडौं । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छा राज तामाङलाई सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर गरेको छ । तामाङ लाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो भराउने आदेश भएको छ ।

अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह, राई र मुरारी बाबु श्रेष्ठको संयुक्त ईजलासले सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर भएका  तामाङ, उनकी पत्नी सिर्जना र मामा ससुरा नाता पर्ने केशवराज श्रेष्ठलाई आइतबार सजाय तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले अनलाइन खवरलाई जानकारी दिएका छन ।