२०८० माघ २१ काठमाडौं । नेपाल डेरी एसोसिएसनले नेपाली खेलाडीहरुको स्वास्थ्य राम्रो पार्न डाइट मा दूध अनिवार्य रुपले समेट्न अनुरोध गरेको छ ।

नेपाल डेरी एसोसिएसनले आज सम्बन्धित सबै निकायलाई एक पत्र लेख्दै खेलाडीहरुको ‘डाइट’ मा दूध अनिवार्य समेट्न अनुरोध गरेको छ ।

एसोसिएसनले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलुकद परिषद्, सातै प्रदेशका खेलकुद परिषद्, जिल्ला खेलकुद विकास समिति र स्थानीय तहका खेलकुद् शाखालाई पत्र लेखेको छ।