२०८० माघ १९ काठमाडौं । मोहन वैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य पूर्ण गुरुङ्लाई बागलुङ जिल्ला प्रहरीले माघ १७ गते
घरबाट गिरफ्तार गरेको छ । बिनाकारण पार्टीको सदस्य लाई पक्राउ गरेको भन्दै महाधिवेशन आयोजक समितिले एक प्रेस वक्तव्य निकालेर विनाशर्त तत्काल रिहाइको लागि माग गरेको छ ।

पार्टी प्रवक्ता धर्मेन्द्र बास्तोला (कञ्चन) ले हस्ताक्षर गरि जारी गरिएको वक्तव्यमा भनिएको छ, “एकजना भ्रष्ट स्वास्थ्य अधिकृतमाथि स्थानीय जनताले गरेको स्वतस्फूर्त कार्वाहीलाई निहुँ बनाएर गरिएको उहाँको गिरफ्तारी पूर्वाग्रहपूर्ण छ । हाम्रो पार्टी यो अन्यायपूर्ण गिरफ्तारीको तीव्र विरोध गर्दछ र उहाँलाई तत्काल तुरुन्तै बिनासर्त रिहाइगर्न जोडदार माग गर्दछ ।”