२०८० माघ १९ काठमाडौं । नेपाली काँग्रेसका सांसद एवम् खर्वपति विनोद चौधरीले प्रचण्ड नेतृत्वको सरकारले बाँसबारी छालाजुत्ता उद्योग जग्गा प्रकरणमा आफ्नो भाइ अरुण कुमार चौधरी लाई पक्राउ गरेर प्रतिशोध साँधेको बताएका छन् ।

काँग्रेसको संसदीय दलको बैठकमा सहभागी बिनोद कुमार चौधरीले बाँसबारीको जग्गामा भएको सम्झौता एकदम सही भएको तर विभिन्न झुट भ्रमपुर्ण प्रमाण जम्मा गरेर अरुण कुमार चौधरीलाई पक्राउ गरेको बताएका छन ।

बाँसबारी छाला उद्योगको जग्गा सीजी होल्डिङले कब्जा गरेको भन्ने कुरा एकदम गलत रहेको भन्दै उनले भनेका छन अरुण कुमार चौधरीको गिरफ्तारी राजनीतिक प्रतिशोध साध्न भएको बताएका छन ।

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा नियमविपरीत निजीकरण गरेर कब्जा गरेको आरोपमा बिहीबार प्रहरीको सिबिआईले ले विनोद कुमार चौधरीका भाई अरुण कुमार चौधरी लाई पक्राउ गरेको थियो ।

काठमाडौ जिल्ला अदालतले चौधरी लाई हिरासतमा राखेर अनुसन्धान गर्नको लागि ४ दिनको म्याद प्रहरीको सिबिआईलाई दिएको छ ।