२०८० माघ १७ काठमाडौ । उच्च अदालत पाटनमा कार्यरत माननीय न्यायाधीश श्री मातृकाप्रसाद मरासिनीको मिति: २०८० माघ १६ गते भएको असमायिक निधन प्रती आज उच्चअदालत मातहतका जिल्ला अदालतमा काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, रामेछाप, सिन्धुली लगाएत जिल्लाहरुमा शोक बिदा भएको छ।

बहालवाला न्यायाधीशको निधनमा शोक बिदा दिने चलन रहेको छ । सोही चलन अनुसार काठमाडौ जिल्ला अदालतले पनि एक सूचना जारी गर्दै आज शोक बिदा दिएको छ।