२०८० माघ १५ काठमाडौं । मिटरब्याज पीडितहरुले झापा देखी काठमाडौंसम्म पदयात्रा गर्ने भएका छन् । मजदुर संघर्ष समितिको नेतृत्वमा मिटरब्याज पीडितहरुले माघ १६ गते झापा र कञ्चनपुरबाट काठमाडौं सम्म पैदलयात्रा सुरु गर्न लागेको जनाएका छन् ।

झापा बाट सुरु भई पदयात्रा चितवनमा भेट भई काठमाडौंतर्फ प्रस्थान गरिने संघर्ष समितिका  संयोजक अवधेश कुशवाहले जानकारी दिएका छन । पीडितहरुले यो यात्रालाई न्याय मार्च नाम दिएको जनाएका छन् ।