२०८० माघ १३ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डाक्टर स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको छ । पार्टी सभापति रवि लामिछाने २ दिनका लागि भारत भ्रमणमा जाने भएपछि वाग्लेलाई उक्त जिम्मेवारी दिइएको हो ।

पार्टी सभापति रवी लामिछाने आज माघ १३ र १४ गते भारतमा रहेका नेपाली शुभेच्छुकले आयोजना गरेको कार्यक्रममा भाग लिन भारत जाने कार्यक्रम तय भएको कारण सभापति लामिछानेले वाग्लेलाई उक्त जिम्मेवारी दिएको पार्टी बाट जारी प्रेस बिग्यप्तीमा उल्लेख छ।