२०८० माघ १३ काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा माघ १२ गते नेपाल प्रहरी द्वारा विमान स्थलको अध्यागमन बिभागका अधिकृत र कर्मचारी माथी भएको घटना प्रती नेपाल राष्ट्रिय कर्मचारी संगठन द्वारा बिरोध जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको डिउटीमा खटिएका नेपाल प्रहरी बाट अध्यागमन बिभागका अधिकृत /कर्मचारी माथी भएको हातपात लाई अमर्यादित, अनुशासनहिन र गैरव्यबासायीक हर्कत भएको कर्मचारी संगठनले प्रेस बिज्ञप्ती जारी गर्दै जनाएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव डिलाराम खनाल द्वारा जारी बिज्ञप्तीमा भनिएको छ ´गृहमन्त्रालयबाट छानबिन गर्न गठित समितिले घटनालाई ढाकछोप गर्न एक थान मात्रै प्रतिवेदन पेश नगरी समग्र घटनाक्रमको सत्यतथ्य एवम् हालसम्म घटेका सवै घटनाको समग्र छानबिन गरि आफ्नो कर्तव्य समेत बिर्सेर घटना लाई ढाकछोप गर्न उद्यत प्रवृत्ति समेतलाई कारबाहीको लागि सिफारिस गर्न जोडदार माग गर्दछौं।`