२०८० माघ ११ काठमाडौ । “सरकारी कार्यलयको १०० मिटर वरपर सुर्तीजन्य पदार्थ चुरोट, बिडी, खैनी, पानपराग, गुड्का बिक्रीवितरण र सेवन गर्न नपाईने नियमकानुन व्यापारी द्वारा उल्लंघन गर्दै आएको पाईएको छ ।”

“सरकारी कार्यलयको छेउमै चिया पसल खोलेर सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको पाईन्छ । काठमाडौको बबरमहलस्थित, काठमाडौ जिल्ला अदालतको २ नम्बर गेट , सिंहदरबारको हनुमानथान वरिपरि सुर्तीजन्य पदार्थ खुलमखुल्ला बिक्रीवितरण भैईरहेको काठमाडौ उपत्यका भित्रका सामान्य उदाहरण मात्रै हुन । यस्तो गतिविधि नेपालका प्राय सवै जिल्लामा रहेको देखिन्छ ।”

“सरकारी कार्यलयको छेउछाउ खुलम खुल्ला रुपले सुर्तीजन्य पदार्थ बिक्रीवितरण देखि सेवन समेत भैईरहेको देखिन्छ । चिया पसलको लाईसेन्स लिएर सुर्तीजन्य पदार्थ चुरोट, सुर्ती, पान, पराग, गुड्का, बिडी बिक्रीवितरण गरेको समेत पाईन्छ ।”

“काठमाडौ महानगरपालिकाले सार्वजनिक स्थल सडक, मन्दिर, स्कुल, सरकारी कार्यलय वरिपरि सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवन गर्न नपाउने निर्णय गरेपनि उच्च अदालतले तत्काल लाई रोक लगाएको कारण महानगरपालिकाको निर्णय कार्यन्वयन हुन सकेको छैन।”

“अदालतले सरकारी कार्यलय वरिपरि सुर्तीजन्य पदार्थ बिक्रीवितरण सेवनमा केही बोलेको छैन । तैपनि ब्यापारीहरुले कस्ले के गर्न सक्छ ? भन्ने भावनाले आफुखुसी जबर्जस्ती सुर्तीजन्य पदार्थ बिक्रीवितरण गरेको पाईन्छ ।”