२०८० माघ ७ काठमाडौ । तपस्वी राम बहादुर बम्जन लाई नेपाल प्रहरीको सिआईवी ले पक्राउ गरेको सन्दर्भमा तामाङ समुदायको विभिन्न संघसंगठनका अध्यक्षहरुले आज संयुक्त बिरोध सहितको बिग्यप्ती सार्वजनिक गरेका छन ।

बिज्ञप्तीमा भनिएको छ नेपाल प्रहरीको सिआईवीले राम बहादुर बम्जन लाई पक्राउ गर्दा अमानवीय ढंगले पक्राउ गरेको, उहाँको घरमा भएको नगद रकम, बम्जनले चढने गाढी मोटरसाइकल विभिन्न सामाग्री गुण्डागर्दी सैलीमा नेपाल प्रहरीको सिआईवीले कब्जा गरेको बिज्ञप्तीमा उल्लेख छ।

तामाङ समुदाय द्वारा जारी बिज्ञप्तीमा भनिएको छ: ´चाडो भन्दा चाडो निष्पक्ष रुपले छानबिन गरी सत्यतथ्य पत्ता लगाई निसर्त स-सम्मान ढंगले तपस्वी रामबहादुर बम्जन लाई रिहाई गर्न नेपाल सरकार सग तामाङ समुदायले अनुरोध गरेको छ।