२०८० माघ ७ काठमाडौं । आज सेयर बजार नेप्से सूचक २५.६३ विन्दुले घटेर २१३०.१८ अंकमा झरेको छ । ७ अर्ब बढीको सेयर कारोबार भएको छ ।

“राष्ट्र बैंकले तरलता खिचेको समाचारले नेप्से घटेको केही लगानीकर्ताको भनाई छ ।”

“बैंकको ब्याजदर घटे नेप्से बढछ भन्ने केही सेयर बिश्लेषक विद्वानहरुको विश्लेषण पनि फेल खाएको छ ।”

“बैंकहरुले ब्याजदर घट्दा नेप्से बढछ भनेर अनलाइन पत्रपत्रिका, छापा पत्रपत्रिकामा समाचार प्राथमिकताको साथ केही दिन अगाडि प्रसारण भएका थिए ।”

“उनिहरूको त्यो अनुमान फेल खाएपछि अहिले बिषय बस्तु तोडफोड गरेर बैंकको नाफा घटेको कारण सेयर बजार नेप्से घटेको भन्ने हेडलाईन दिएको समाचार पढन पाईन्छ। ”

“बैंक व्याजदर घटदा नेप्से बढछ भन्नू र सेयर भाउ बढदा कम्पनीलाई फाईदा हुन्छ भन्नू उस्ता उस्तै हो भन्ने कुरा सेयर लगानीकर्ताले बुझ्नु जरुरी छ। ”

“बैंक ब्याजदर घटदा नेप्से बढ्दैन र बजारमा कम्पनीको सेयर भाउ बढ्दा कम्पनीलाई फाईदा हुँदैन भन्ने कुरा अनुभवी सेयर लगानीकर्ता बताउँछन्।”