२०८० माघ ५ काठमाडौ । “नेपालमा सामाजिक संजाल फेसबुक लाई माध्यम बनाएर बिज्ञापन बुष्ट गर्ने गतिविधि दिनप्रतिदिन बढदो छ । बिज्ञापन बुस्ट बाट फेसबुकले नेपाल बाट राम्रो आम्दानी समेत गरेको देखिन्छ । फेसबुकले नेपालाई बिज्ञापन बुस्टको लागी दीर्घकालीन राम्रो ब्यापारी केन्द्र (ग्रीन जोन)को रुपमा लिएको पाईन्छ । फेसबुक बाट बुष्ट गर्दा राम्रा आकर्षक फोटो हालेर विभिन्न छुट, बोनस सुविधा सहितको बिज्ञापन बुस्ट भैरहेको देखिन्छ । फेसबुकमा बुष्ट गरिएको बिज्ञापन सामग्री फेसबुक चलाउनेको आईडीमा फेसबुकले ´स्पोन्सर` भन्दै देखाएर फेसबुक प्रयोगकर्तालाई लोभ्याउन्छ । बिज्ञापन बुस्ट बापत लाग्ने दस्तुर नेपाली बैंकहरुले फेसबुकको खातामा अनलाइन सिस्टम बाट हालिदिने गरेका छन । नेपाल बाट फेसबुकले बार्षिक अर्वौ लान सक्ने विभिन्न अध्यन अनुसन्धानले देखाएको छ ।”

“सामाजिक संजाल फेसबुकमा बिज्ञापन बुष्ट गर्न बार्षिक ५०० डलर को सुविधा नेपालका बाणिज्य बैंकले दिदै आएका छन । एक ब्यक्तिले बार्षिक ५०० डलरको बुस्ट गर्न पाउछन् । फेसबुकमा बिज्ञापन बुस्ट गर्दा नेपाल बाट फेसबुकले कति लैजान्छ ? अनि नेपाललाई के फाईदा छ ? भन्ने जिज्ञासा पनि पैदा भएको छ ।” नेपालमा बिज्ञापन प्रचार प्रसार गर्ने पहिले पहिले रेडियो, टेलिभिजन, अनलाइन पत्रपत्रिका, छापा पत्रपत्रीका थिए । अहिले ती रेडियो, टेलिभिजन, अनलाइन पत्रपत्रिका, छापा पत्रपत्रीकामा बिज्ञापन गर्ने चलन घटदो छ ।”

(सम्पादकीय: नारायण क्रान्ति)