२०८० माघ ४ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ७.२४ अकंले घटेर २१५५.८२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम समेत घटेको छ। आज ८ अर्ब बढीको सेयर कारोबार भएको छ ।

´अनुभवी पुराना ठुला सेयर लगानीकर्ताको भनाई अनुसार बैंक व्याजदर घटबढले नेप्सेलाई खासै असर पर्दैन । यो त बजार घटबढ गराउने बहानाबाजि मात्रै हो भन्छन् ।`

´एक अनुभवी सेयर लगानीकर्ता नाम नखुलाउने सर्तमा प्रश्न गर्दै भन्छन् भोलि बैंकहरुले २०% ब्याज पुर्याए भने नेप्से आठ नौ सयमा आउँछ त ? बैंकले २०% होईन ३०% व्याज पुर्याए पनि नेप्से आठ नौ सयमा आउदैन भन्दै दावी गर्छन् ।`

´नेपालको सेयर बजार निश्चित केही समुहको हातमा छ । जसले आफू अनुकुल नेप्से घटबढ गराउने काम गर्छन् भन्छन् ती लगानीकर्ता।`