२०८० माघ ४ काठमाडौ । नेपालगन्ज केन्द्रिय कार्यलय रहेको सुप्पर भिजन वाईफाईले नेपालमा मासिक १५०मा ईन्टरनेट सुविधा दिने तयारी गरेको छ । १५० मा ईन्टरनेट सुविधा दिने सुप्पर भिजन वाईफाईका संचालक बिनोद अग्रहरीले बताएका छन ।

यो प्रबिधि नेपालमा आफुहरुले लामो समय अगाडि देखि अध्यन, अनुसन्धान, खोज र अभ्यास गरेर नेपालमा पहिलो चोटि भित्र्याएको र यो प्रबिधिको सुविधा कोहि कसैले लिन चाहे घरमा जोडिदिने सुप्पर भिजन वाईफाईका संचालक अग्रहरीले एक अन्तरबार्तामा बताएका छन।

अग्रहरीले बताए अनुसार मासिक १५०मा बेच्दा ६० रुपैयाँ कम्पनीको खर्च हुन्छ हुने र राज्य लाई कर तिरेर ९० रुपैयाँ कम्पनीलाई फाईदा हुने दावी समेत गरेका छन ।

“अन्य ईन्टरनेट प्रदायक कम्पनीले नेपालमा महँगो शुल्कमा वाईफाई सुविधा दिईरहेको अवस्थामा सुप्पर भिजन वाईफाईको यो सुविधा असरदार हुने बताईन्छ।”
(नारायण क्रान्ति)