२०८० माघ ४ काठमाडौं । जिल्ला प्रहरी कार्यालय, खोटाङमा कार्यरत प्रहरीलाई जिल्ला प्रहरीले कार्यलय खोटाङले नियम अनुसार पाईने बिदा किन नलिएको ? भन्दै पाँच जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ ।

उक्त स्पष्टीकरण मिति २०८० पुस २६ गते खोटाङ प्रहरीका प्रहरी निरीक्षक बेनु कार्कीले स्पष्टीकरण पत्रकारमा हस्ताक्षर गरेर स्पष्टीकरण सोधिएको हो ।जिल्ला प्रहरी कार्यलय खोटाङले सोधेको स्पष्टीकरण कुनै नराम्रो काराबाही गर्ने उदेश्यले नभई बिदा नलिने प्रहरी कर्मचारीको पिर मर्का समस्या केही छ कि भनेर प्रोत्साहित गर्ने उदेश्यले सोधिएको हो ।