२०८० माघ ३ काठमाडौँ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा सहकारी विभागमा माघ २ गते उजुरी दर्ता भएको छ । जिवी राई र रवी लामिछाने माथि आवश्यक छानबिन गरेर कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दर्ता गरेको खबर छ ।

´ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’ निबेदक युवराज सफलले सहकारी बिभागमा पेश गरेको निवेदनमा उल्लेख छ ।

“रवी लामिछाने नेपालका पुर्व गृहमन्त्री हुन । हाल उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति तथा सभासद समेत हुन । रवी लामिछाने गोरखा मिडिया नेटवर्कमा पुर्व एमडी तथा पत्रकार भएर काम गरेका थिए। उनी विरुद्ध विभिन्न आरोप लाग्दै आएकोमा हाल सम्म कुनै आरोप पुष्टि हुन सकेको छैन ।”