२०८० पौष २८ काठमाडौ । पौष २७ गते दाङको भालुबाङको राप्ती नदीको पुलमा बस दुर्घटनामापरि क्रान्तिकारी माओवादीका पार्टी सदस्य तथा इच्छुक प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ताराकान्त पाण्डेयको निधन भएको छ ।

प्रा.डा. ताराकान्त पाण्डेय माक्र्सवादी समालोचक, सौन्दर्यशास्त्री तथा चिन्तक बाट परिचित हुनुहुन्थ्यो । पाण्डे इच्छुक प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ताराकान्त पाण्डेय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सल्लाहकार समितिका सदस्य पार्टीको भातृ संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघको केन्द्रीय सचिवालय सदस्य तथा नेपाल राष्ट्रिय प्रध्यापक संघको केन्द्रीय सदस्य रहेको पार्टी श्रोतले उल्लेख गरेको छ ।

पार्टीले आयोजना गरेको कार्यक्रममा भाग लिन जाने क्रममा बस दुर्घटना परी घाईते पाण्डेलाई दुर्घटनास्थलबाट नजिकको लमही अस्पत्ताल लैजाने क्रममा बाटैमा उहाँको निधन भएको श्रोतले बतायो ।