२०८० पौष २८ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको विधान सभा सम्मेलन गर्ने निर्णय गरेको छ ।

माओवादी पार्टीको स्थायी कमिटी बैठकले २०८० को फागुन १ गते २ गते र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन ।

सम्मेलनले प्रतिनिधि छनोटको मापदण्ड अनि पार्टी बिधान सभाको नीति नियम तयार गर्ने छ ।