२०८० पौष २७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरुले महसुल बिल नतिरेको भन्दै काटिदिएको बिजुलीको लाइन पुन जोडने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैंठकले लाइन काटिएका डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको पैसा तिर्ने ग्राहकहरूको विद्युत लाइन जोडिदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले बिजुलीको लाइन काटिएका उद्योगहरुमा बिजुलीको लाइन जोडिदिन प्राधिकरणलाई निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद बैठकले बिधुत प्राधिकरण र उद्योगी बिच डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी बिजुलीको विवाद छानबिन गर्न जाँचबुझ आयोगसमेत गठन गरेको थियो ।

त्यसपछि बिधुत प्राधिकरण सञ्चालक समितिको बैठक बसेर प्राधिकरण लाई बिजुलि खपत गरे बापतको पैसा तिर्ने उद्योगमा बिधुत लाईन जोडिदिने निर्णय गरेको हो ।