२०८० पौष २७ काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस देसभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको महत्त्वपूर्ण योगदानको सम्झना गर्दै कार्यक्रममा उनीप्रति संमान श्रद्धासुमन अर्पण गर्ने गरिन्छ ।

देश भर रहेका पृथ्वीनारायण शाहको सालिकमा फुल माला चढाउने गरिन्छ। सरकारले आज पृथ्वीनारायण शाहको संझना र संमान स्वरुप सार्वजनिक बिदा दिएको छ । पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाली को सकृय साथ समर्थनमा नेपाल एकीकरण भएको ईतिहासबिद बताउछन् ।