२०८० पौष २६ काठमाडौं । सेयर बजार नेप्से आज ०.६२ विन्दुले झिनो अंकमा घटेको छ । नेप्से घटेर २०८८.९९ अंकमा रहेको छ । ४ अर्ब बढीको सेयर कारोबार भएको छ । नेप्से ३२०० बाट घटेर १८०० को आसपास घुमिरहेको छ।

सेयर बजार यसरी घटनुमा राष्ट्र बैंक र सरकारले सेयर बजार लाई तोकेर ४/१२ को क्याप झुण्ड्याउनु, सेयर कारोबार लाई सरकारले सकारात्मक ढंगले नहेर्नु नै नेप्से ३२०० बाट १८०० मा झरेको लगानीकर्ता बताउछन् ।

सेयर कारोबार र घर जग्गा कारोबार मा कडाइ गरेपछि अर्थतन्त्र राम्रो बन्छ भन्ने नीति फेल खाएको । सेयर र घर जग्गा कारोबारमा कडाइ गरेपछि नेपालको पुजी बिदेश पलाएन भएको विभिन्न विश्लेषण र दृष्टिकोण सार्वजनिक भईरहेको छ ।