२०८० पौष २५ काठमाडौं । काठमाडौ महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिक बाटो र स्थानमा शौच गराउनेहरुलाई कारबाही अभियान शुरु गरेको जनाएको छ ।

काठमाडौ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि महानगर प्रहरी परिचालन गरी कारबाही थालेको जानकारी दिएका छन ।

आज पाँच कुकुरधनीहरुलाई कारबाही गरेको पाण्डेले जानकारी दिए । ´कुकुर धनिलाई यस्तो कार्य नगराउन सचेत गराउँदै आएको थियो’ पाण्डेले भने।

‘सार्वजनिक स्थानमा शौच गराउने कार्य बन्द नगरेपछि अहिले कुकुर धनीको कुकुर नै नियन्त्रणमा लिन थालिएको हो उनले भने ।

आज भन्दा चार बर्षअघि देखि काठमाडौ महानगरपालिकाले सार्वजनिकस्थलमा कुकुरलाई शौच गराउने कुकुरधनीहरु लाई कारबाही गर्ने घोषणा गरेको थियो ।