२०८० पौष २४ काठमाडौं । नेपालको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विभिन्न प्रयोजनका लागि १६ लाख भन्दा धेरै नेपाली विदेश गएका छन ।

अध्यागमन विभागको सार्वजनिक तथ्यांक अनुसार यो वर्ष ७० हजार ९१५ जनाले स्थायी बसोबास गर्न नेपाल छाडेको जनाएको छ ।

जसमा ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला रहेका छन् । विभागका अनुसार अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् ।

जसमध्ये ५१ हजार ८७६ जना पुरुष र ४० हजार ४६८ जना महिला रहेका छन् । सबैभन्दा धेरै नेपाली यूएई गएका छन् । यूएईमा यो वर्षमा २ लाख ७१ हजार ८८ जना नेपाली गएका छन् ।

१ लाख ७९ हजार ४४१ जना नेपाली कतार प्रस्थान गरेका छन् ।