२०८० पौष २३ काठमाडौं । आज सेयर बजार नेप्से सूचक ३६.५७ विन्दुले बढेर २०५९.४९ अंकमा कायम भएको छ । यस दिन ४ अर्ब माथिको सेयर कारोबार भएको छ ।

 “सेयर बजारमा दुई सोच भएका मानिस हुने गर्छन् । एकखाले: नेप्से घटिदेओस र अर्को खाले नेप्से बढोस् भन्ने सोचका हुने गर्छन् । नेपाली सेयर बजारमा दीर्घकालीन लगानीकर्ता कम छन । दीर्घकालीन लगानीकर्ता खासै नाफामा गएको पनि देखिदैनन।”