२०८० पौष २२ काठमाडौं : नेपाल र भारतबीच बिच दीर्घकालिन विद्युत् व्यापार सम्झौता भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईप्पान)ले आउँदो १० वर्षमा १० हजार भन्दा धेरै मेगावाट विद्युत् निर्यात गर्ने बाटो खोल्दै भएको सम्झौतालाई नेपाल लाई महत्वपूर्ण अवसर सिर्जना भई थप उन्नति प्रगतिको ढोका खुल्दै जाने ईप्पानले बिश्वास गरेको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा विद्युत् उत्पादन भएको ११२ वर्ष पुगेको जानकारी दिदै अहिले २८३७ मेगावाट भन्दा धेरै जलविधुत उत्पादन भइरहेकोमा २१ सय ७५ मेगावाट निजी क्षेत्रको रहेको बताएका छन।

उनका भनाई अनुसार अहिले निजी क्षेत्रले ३१ सय मेगावाटका जलविद्युत् आयोजना बनाइरहेको छ । निजी क्षेत्रले निर्माण गर्न तयारी अवस्थामा रहेको २० हजार मेगावाट बराबरका आयोजना निर्माणको काम अन्तिम चरणमा रहेको जानकारी दिएका छन।