२०८० पौष २१ काठमाडौ । नेपालको सेयर बजारनेप्से घटन थालेको करिबकरिब २ बर्ष भएको छ। नेप्से ३२०० पुगेर १८०० को वरिपरि रहेको लामो समय भईसकेको छ । ३२०० बाट १८०० मा नेप्से झर्दा नेपाली सेयर लगानीकर्ताले खर्वौ गुमाएका छन । यसलाई लगानीकर्ता ले बियरिस ट्रेन भनेका छन । सामान्यतय नेप्सेको बियरिस ट्रेन बढीमा दुई देखि ३ बर्ष सम्म रहने गरेको सेयर लगानीकर्ता बताउछन् ।
“सेयर कारोबार र घर जग्गा कारोबारमा कडाइ गरेपछि नेपालको अर्थतन्त्र राम्रो हुन्छ भन्दै नेपाल सरकारले सेयर कारोबार र घरजग्गा कारोबारमा ऋण प्रवाहमा कडाइ गरेको थियो । तर उल्टो परिणाम नेपाल सरकारले भोगिरहेको छ । यतिबेला झन नेपालमा आर्थिक मन्दी देखा परिरहेको छ। घर जग्गा र सेयर कारोबारमा कडाइ गरेपछि नेपाली लगानीकर्ता बिदेश तिर लगानी गर्न केन्द्रीत भएकोकात होईनन भन्ने आसंखा उत्पन्न भएको छ ”
(सम्पादकीय: नारायण क्रान्ति)