२०८० पौष २१ काठमाडौं । गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटना बारे छानबिनको लागि तिन सदस्यीय छानबिन समिति बनाएको छ । गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले आज एक बिज्ञप्ति जारी गर्दै मन्त्रालयका सह-सचिव थानेश्वर गौतमको नेतृत्वमा नेपाल प्रहरीका डिआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी रहेको तीन सदस्यीय छानबिन समिति बनाएको जनाएको छ ।
पुस २० गते शुक्रबार सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शन लाई अप्रत्यासित गोली लागेर सर्लाही बरहथवा ६ का बर्ष अन्दाजी ३० का जयशंकर साहको मृत्यु भएको थियो । मृतक परिवारलाई सरकारले दस लाख दिने निर्णय गरेको छ । छानबिन समितिले सात दिन भित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छ ।