२०८० पौष १७ काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल लाई उन्नत जातको मुर्रा भैंसी ,राँगा उपहार दिए । यस्को अर्थ यो पनि हो पशुपालन गरे मात्रै नेपाल धनी देश हुनेछ । यस्को शिक्षा नेपाल सरकारले लिनुपर्छ । नेपाली जनताले लिनुपर्छ ” गफ यहि बाट सुरु गरौं।
नेपालको उन्नति, प्रगति, बिकास, धनी अनि आत्मनिर्भर देश बनाउन पशुपालन पनि एक विकल्प हो । नेपालमा घासे चरन क्षेत्र प्रसस्त रहेका छन । बाँझो घाँसे जग्गा जमिन प्रसस्त रहेका छन । नेपालमा हावापानी फरक फरक प्रकृतिका छन । यी सवै चरन क्षेत्र ,बाँझो
जग्गा जमिन लाई सदुपयोग गरेर पशुपालन अन्तरगत गाई भैंसी पालेर लाखौं लाख लिटर दूध उत्पादन गर्न सकिन्छ । दुध बाट दही, कुरौनी, खुवा, छुर्पी, घिउ, खुवा जस्ता चिज उत्पादन गरेर नेपाल भित्रै खपत गर्न सक्छ ।
नेपालको लागि बढी भएको दुग्ध जन्य पदार्थ बिदेशमा बेचेर बिदेश बाट अर्वौ अर्व नेपाल ल्याउन सक्छ।
राँगा,भैंसी, गाई मरेपछी यिनिहरुको छाला निकाले ब्याग जुत्ता बनाउन कच्चा छाला बेच्न सक्छ। छाला बाट करोडौं थान छालाका ब्याग, ज्याकेट,जुत्ता बनाएर बेच्न सके अर्वौ अर्व कमाउन सक्छ ।
“नेपालको चरन क्षेत्र घाँसे जग्गा जमिनको सदुपयोग गरेर खसी, बाख्रा, भेडा, च्याङ्रा, खुकुरा आदि करोडौंको संख्यामा पाल्न सके मासुमा नेपाल आत्मनिर्भर बन्न सक्छ । आज मासुको लागि मात्रै करोडौं नेपाली पैसा बिदेश गैईरहेका समाचार आईरहेका छन। नेपालमा खपत हुन नसकेको खसी, बाख्रा, राँगा कुखुरा बिदेश निर्यात गर्न सके अर्वौ अर्व नेपालले कमाउन सक्छ ।
यी सवै काम गर्न नेपाल सरकारले नेपाली नागरिकलाई प्रोत्साहन गरोस् । कृषिकर्म गर्ने नेपालीलाई संमान गरोस् । कृषि पेशा गर्ने नेपाली नागरिकलाई पेन्सन दिने गरोस् , । कृषि पेशाबाट उत्पादन भएका बस्तुको स्वदेशमा खपत गराउने र बढी भएको चिज बस्तु संकलन गरे अन्तर्राष्ट्रिय बजारमा निर्यात गरेर बेच्न पाउने बाताबरण सरकारले तयार गरोस् । नेपाल कृषि पेशा बाट नै बिश्वको धनी देश हुनेमा दुईमत छैन । पसुपालन बाट लाखौं लाख रोजगारी नेपालमै सृजना हुनेमा समेत दुईमत छैन ।” मात्र नेपाल सरकारको इच्छा चाहाना होस। नेपाल सरकारको सद्दबुद्धि सद्दबिबेक पलाओस। नेपाल सरकारलाई शुभकामना ।
(सम्पादकीय:नारायण क्रान्ति)