२०८० पौष १७ काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवी लामिछाने ले आज काठमाडौ जिल्ला अदालतमा कान्तिपुर पब्लिकेसन लिमिटेड विरुद्ध गाली बेईज्जती सम्बन्धि मुद्दा दर्ता गरेका छन ।

सभासद रवी लामिछानेले विभिन्न सहकारी सग करोडौं पैसा लिएको भन्ने शिर्षकमा कान्तिपुर मिडियाले समाचार प्रसारण गरेको थियो ।

उक्त समाचारमा सत्यता नरहेको, झुट भ्रमपुर्ण समाचार रहेको, आफ्नो व्यक्तिगत चरीत्र हत्या गरेको, आफ्नो राजनीतिक अस्तित्व समाप्त पार्न कान्तिपुर मिडिया लागेको भन्दै लामिछाने द्वारा काठमाडौ जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धि मुद्दा दर्ता गरेका हुन ।