२०८० पौष १६ काठमाडौ । मिति: २०८० पुस १३ गते ललितपुरको बालकुमारीमा कोरिया जान ईपिएस परिक्षामा भाग लिन आएका परिक्षार्थी र प्रहरी बिच झडप हुँदा प्रहरी द्वारा चलाईएको गोलि लागि सुजन रावत र बिरेन्द्र शाह को मृत्यु भएको घटना प्रती कानुन व्यबसायीहरूको संगठन “मानव अधिकार तथा न्याय केन्द्र” ले नागरिकहरूको बाच्न पाँउने अधिकारको समुचित सम्मान गर्न संगठनका अध्यक्ष तथा वरिष्ठ कानुनवीद अधिवक्ता गणेश गिरीले आज पुस १६ गते एक प्रेस बिग्यप्ति जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका छन ।

साथै घटनाको सत्य तथ्य विवरण बाहिर ल्याउन, घटना घटाउन संलग्न दोषी पत्ता लगाई कानुनी कारवाहीको दायरामा ल्याउन र मानव अधिकारको संमान गर्न्न कानुन व्यबसायीहरुको संगठन “मानव अधिकार तथा न्याय केन्द्र” का अध्यक्ष तथा वरिष्ठ कानुनवीद अधिवक्ता: गणेश गिरीले प्रेस बिज्ञप्ती जारी गर्दै आह्वान गरेका छन।

(अध्यक्ष द्वारा जारी प्रेस बिज्ञप्ती)