२०८० पौष १५ काठमाडौं । रुसमा हवाई हमला हुँदा २० जनाको मृत्यु र १०० जना रुसी घाइते भएको बिबिसी ले जनाएको छ । आक्रमण युक्रेनले गरेको रुसको भनाई छ । रुसको दक्षिण-पश्चिम क्षेत्रमा पर्ने सिमावर्ती शहर बेलगोरोडमा शनिबार हवाई हमला भएको र आक्रमणमा परी ३ बालबालिका सहित २० जनाको मृत्यु भएको बीबीसीले समाचार लेखेको छ ।

शुक्रबार रुसले युक्रेन माथि आक्रमण गर्दा ३९ जना युक्रेनी मारिएको बदलामा लिन युक्रेनले रुसमा आक्रमण गरेको रुसी सेनाको भनाई रहेको छ । उक्त आक्रमणमा बीबीसीले जनाए अनुसार युक्रेन द्वारा प्रहार भएको हवाई हमला सवै भन्दा खतरनाक हो।