२०८० मंसिर १९ काठमाडौ । चीन, अमेरिका, भारत, साउदी, मलेसिया जापान, कोरिया देश बिकसित र धनी छन । कारण ति देशहरू बैज्ञानिक ढंगले कृषिमा खर्वौ खर्व लगानी गर्छन । करोडौं टन खाद्यान्न उत्पादन गर्छन र बिदेश निर्यात गर्छन र धनी भए। ती देसमा कृषि बजेट अलिकति थोरै मात्रैमा कोहि कसैले भ्रष्टाचार गरे, अनियमितता गरेको समाचार मात्रै सुने, हल्ला भयो, भ्रष्टाचार गरेको सूचना मात्रै पाए भने सरकारी निकायले तुरुन्तै छानबिन गरेर भ्रष्टाचारी लाई मृत्यु दण्डनै दिन्छन।

नेपालले भने आफ्नो देसको जमिन बाझै राखेर बिदेसमा काम गर्न नेपाली बलवान् युवा युवती पठाउछ । नेपालमा भने सरकारले सहुलियत दरमा कृषकलाई प्रदान गरिने कृषि लोननै पहुचवालाले सहुलियतदरमा लिएर होटलमा लगानी गरेको, जग्गामा लगानी गरेको, बैंकमा राखेर व्याज खाएको, बास्तबिक किसानले सहुलियतदरको कृषि लोननै नपाएको समाचार मिडियामा भाईरल हुँदा समेत कृषि मन्त्रालयले कुनै चासो नदिएको जनगुनासो पाईन्छ । अनि कसरी हुन्छ नेपालको बिकास ?

देश बिकासको प्रमुख आधार कृषि हो । खाद्यान्न उत्पादन हो । मानिसलाई बाच्नको लागि चाहिने प्रमुख चिज खाद्यान्न हो भन्ने थाहा पाएर पनि सम्बन्धित निकाय र नेपाल सरकार बुझपचाएर मौन भएर बसेको देखिन्छ । नेपाल यस्तो देश हो कि हावापानी र भौगोलिक दृष्टिकोणबाट खाद्यान्न उत्पादन गर्न, पशुपालन गर्न, जडीबुटी उत्पादन गर्न अति राम्रो हावापानी भएको देश हो । जहाँ बैज्ञानिक पद्धति बाट कृषि कर्म गरिने हो भने नेपाल खाद्यान्न, मासु, फलफूलमा पुर्ण रुपमा आत्मनिर्भर हुनेमा दुईमत छैन । मात्रै नेपाल सरकारले कृषि क्षेत्रमा पुर्ण सुरक्षाको ग्यारेन्टी गरिदिएको अबस्थामा ।

नेपालले बार्षिक अर्वौ अर्व खर्च गरेर नेपाली विद्यार्थी बिदेश पढन पठाउछ । तर नेपालमा राम्रो स्कुल कलेज खोल्न चासो दिएको पाईन्न । तिनै विद्यार्थी बिदेशको पिआर र सिटिजन लिएर उतै पलायन हुन्छन । अर्कोतिर नेपालमा राम्रो हस्पिटल नखोल्ने तर ठुलाबढा र राज्यको पहुँचमा रहेकाहरू बिरामी हुँदा राज्यको करोडौं बजेट खर्च गरेर बिदेशी हस्पिटलमा उपचार गर्न पुग्छन् र बिदेशी हस्पिटल, बिदेशी डाक्टर धनी बनाउछन। यसरी नेपाल कसरी हुन्छ विकसित र समृद्धि?