२०८० मंसिर १८ काठमाडौं । काठमाडौ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (बिप्लव) सहित ४ जना नेत्ताको नाममा पक्राउ पुर्जी जारी गरेको छ। राज्यविरुद्धको अपराध कसुरमा उनीहरुलाई बाटोको म्याद बाहेक ३५ दिनभित्र काठमाडौ जिल्ला अदालतमा उपस्थित हुन आदेश दिएको छ।
सोमबार सरकारी पत्रीका गोरखापत्रमा प्रकाशन गरेको ३५ दिने सूचनामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव, पार्टीका पोलिटब्यूरो सदस्य खड्गबहादुर बि.क, माईला लामा, पार्टीको भातृ संघठन अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की सहितको नाममा काठमाडौ जिल्ला अदालतमा उपस्थित हुन भनिएको छ ।
उक्त मुद्दा २०७६ असोज ९ असोज गते दायर भएको हो । उनीहरुमाथि विभिन्न जातजाति, धर्म, संस्कृती, सम्प्रदायहरु बीचको सम्बन्धमा खलल पार्ने कार्य गरेको अभियोग छ । २०८० मंसिर १० को आदेश अनुसार जिल्ला अदालत काठमाडौको प्रशासन साखाले ३५ दिने वारेन्ट पत्र गोरखापत्रमा सूचना निकालेको हो ।
यो हेर्नुस् बिप्लव प्रकाण्ड सहित ४ जना विरुद्ध जारी गरेको पक्राउ पुर्जीको सार्वजनिक सूचना