२०८० मंसिर १६ काठमाडौ ।
काठमाडौ महानगरपालिका भित्र २०८० मंसिर २८ गते देखि सुर्तीजन्य पदार्थ पान, पराग, खैनी, गुडका, सुपारी, भोला, बिक्रीबितण पुर्ण रुपले प्रतीबन्ध हुने भएको छ । मंसिर २७ गते सम्म पुराना स्टक सामग्री बेचिसक्नु पर्ने छ । लुकिचोरी गोप्य रुपले बिक्रीबितरण गर्ने गराउनेलाई कडा कानुनी कारबाही गरिने महानगरपालिकाले जनाएको छ । मंसिर २८ गते देखि सुर्तीजन्य पदार्थ बिक्रीबितरण गर्न राखिएको पाईए सामन जफत गरिने र कानुनी कारबाही सम्म गरीने भएको छ ।

चुरोट बिडीको हकमा भने सार्बजनिक स्थल, सडक, पाटी, मन्दिर, सरकारी कार्यलय, संघ, संस्था, स्कुल, कलेज वरिपरि खाना पाईने छैन र बिक्रीवितरण पनि गर्न नपाईने भएको छ। सरकारी कार्यलयको दुईसय मिटर टाढा बेच्नु पर्ने, प्याकेट फोरेर एउटा् एउटा् गरेर बेच्न नपाउने भएको छ । नियम उल्लंघन गर्नेको सूचना टेलिफोन बाट जानकारी दिन सक्ने व्यवस्था समेत महानगरपालिकाले ल्याउदैछ । खबर पाउने बित्तिकै छिटो याक्सनमा जाने व्यवस्था समेत महानगरपालिकाले गर्दैछ ।

नियम उल्लंघन गर्ने गराउने लाई कडा कानुनी सजाय हुने समेत महानगरपालिकाले जनाएको छ। “सुर्तीजन्य पदार्थ काठमाडौमा बिक्रीवितरण रोक्ने निर्णय मानवको स्वास्थ्य माथि खेलवाड गर्नेहरुका बिरुद्धमा काठमाडौ महानगरपालिकाको लडाइँ भएको आम-जनमानसको बुझाई रहेको छ”। “काठमाडौ महानगरपालिकाको उक्त काम प्रती उपत्यका बासीले खुसी व्यक्त गरीरहेका छन भने मेयर बालेन साहको निर्णय; सुर्तीजन्य पदार्थ बिक्रीवितरण रोक लगाउने कार्य सफल होस भन्दै उपत्यका बासी तथा स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरूले शुभकामना समेत दिईरहेको बुझिन्छ।” “अर्कोतिर काठमाडौ उपत्यका भित्र मदिराजन्य पदार्थ स्वदेशी जाड, रक्सी तथा बिदेशी ब्रान्डेड जाड रक्सी समेत खुलमखुल्ला जताततै बिक्रीवितरण गर्ने कार्य तत्काल रोक लगाउनु पर्ने उपत्यका बासीले आवाज उठाईरहेका छन”।