२०८० मंसिर १५ काठमाडौ । नेपालमा हालसम्म ३ सय बढी शाखा, ७१ एक्सटेन्शन काउण्टर, ३१० एटिएम, ३१ लाख भन्दा धेरै सेवाग्राही रहेको, किष्ट बैंक, सेञ्चुरी बैंक , विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएर हाल चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण २ खर्ब ५३ अर्ब बढी प्रवाह गर्न सफल प्रभु बैंक (prvu) ले बेलायतको लन्डनबाट प्रकासित हुने फाइनान्सियल टाइम्स पत्रिका “दि बैंकर” बाट सन् २०२३ को “बैंक अफ दि इयर” काे संमान उपाधी प्राप्त गरेको समाचार छ । बेलायतमा बिहीबार साँझ भएको एक समारोहमा नेपालको प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लिलाप्रकास सिटौला र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक सेरचनले सम्मान ग्रहण गरेका समाचार प्रकासित छ । सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा उत्कृष्ट अवार्ड रहेको छ । ‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक ‘बैंकिङ उद्योगको ओस्कार’ बुझिन्छ ।
नेपालको प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको सुखद समाचार नेपाली जनता लाई बाँड्न पाउँदा अत्यन्त उत्साहित र हर्षित रहेकाे बैंकले जनाएकाे छ
बिश्वमा अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहेको अबस्थामा समेत नेपालको प्रभु बैंक नेपालीको नयाँ बजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पुर्याउन सफल र प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापदण्डका आधारमा अवार्डबाट सम्मानित भएको प्रभु बैंकले जनाएकाे छ ।
‘दि बैंकर’ ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजार भन्दा धेरै बैंक मध्ये हरेक देश बाट एउटा
उत्कृष्ट बैंकको छनौट गरेर ‘बैंक अफ दि इयर’ बाट वर्षै पिच्छे संमान गरिरहेको छ । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ , सेयर धनी र अन्य वरिष्ठ प्रबन्धकहरूको समेत सहभागिता रहने गरेको छ । सम्मान प्राप्तीपछि प्रभु बैंकका अध्यक्ष लिलाप्रकास सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा बलियो इँटा थप्न सफल भएको भन्दै खुसी व्यक्त गरेका छन । ‘‘नेपालको वर्तमान विषम परिस्थितिमा यो संमान प्राप्त भएको यो सम्मानले नेपालको बैंकिङ क्षेत्रमै हाैसला जोस जागर धेरै प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्ने छ,’’ अध्यक्षले बताएका छन। अवार्ड वितरण समारोह पछि सिइओ असोक शेरचनले प्रभु बैंकका सेयर धनी, सञ्चालक तथा कर्मचारीहरुको धेरै ठुलो मेहनत तथा शुभचिन्तकको साथ समर्थनले यस्तो सम्मान प्राप्त गर्न सफल भएको समेत बताएका छन् ।
‘‘यो सुखद सन्देश हाम्रो संस्था प्रभु बैंक , सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन,
नेपालको बैंकिङ क्षेत्रकै सफलताको हो । आउने दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’’ सिइओ असोक शेरचनले बताए । प्रभु बैंकको सेवा थप प्रभावकारी बनाउने र बैंक लाई उत्कृष्ट बैंक बनाउने र सेयर धनिलाई समेत राम्रो लाभांश दिने कार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यो प्रभु बैंक २००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफुलाई समयक्रमसँगै सृदृढ, विस्तारित
तथा बिभिन्न बैंकलाई समाहित गर्दै आजको सफलता सम्म आइपुगेको बैंकले बताएकाे छ ।