२०८० मंसिर १५ काठमाडौ । अनउत्पादन क्षेत्र फेसबुक लगाएत सामाजिक संजालमा बिज्ञापन बुस्टको नामबाट बार्षिक २०औं ३०औं अर्व नेपालबाट बाहिरिन सक्ने आधार देखिएको छ । बिदेशीले चलाएको फेसबुक लगाएत सामाजिक संजालको लागी नेपाल र नेपाली दुहुनो गाई सरह देखिएको छ । नेपालीले बिज्ञापन बुस्ट गरेको पैसा फेसबुक, युवट्युव, टुइटरले खोलेको खातामा बैंकहरूले डलरमा जम्मा गरिदिने गरेका छन ।
बिज्ञापन बुस्ट गर्ने सुविधा फेसबुक युवट्युव टुइटरमै गर्नु पर्ने बाध्यता हो कि रहर हो ? बिज्ञापन बुस्ट बापत प्राप्त पैसा फेसबुक युवट्युव ट्विटर आदि सामाजिक संजालले नेपालबाट आज सम्म कति लग्यो भन्न मिल्छ या मिल्दैन ? सामाजिक संजालमा बिज्ञापन बुस्टको नामबाट नेपाल बाट बार्षिक २०औं ३०औं अर्व बाहिरिने आधार छ या छैन ? फेक आईडीमा समेत डलर कार्ड प्रयोग भएको छ कि छैन ? फेसबुक युवट्युव ट्विटरबाट नेपालीले बिज्ञापन सामाग्री बुस्ट गर्दा नेपालबाट अर्वौ बाहिरिदा नेपाललाई के फाईदा हुन्छ ? फेसबुक लगाएत सामाजिक संजालमा विभिन्न सामाग्रीको बिज्ञापन बुस्ट गर्ने सुविधाले बिदेशी धनीत हुनेनै भए तर त्यो सुविधाले एक : बिदेशी धनी भए । दुई: थोरै भएपनी नेपालीको मानोचाम खोसियो। तीन: नेपाल बाट अर्वौ बाहिरिदा देस लाई घाटा भयो ? यो जिज्ञासा् राख्ने कि नराख्ने ?
अर्को तिर एक बैंकले ५०० को एकवटा डलर कार्ड दिए पनि बैंक पिच्छे खाता खोलेर ५०० को डलर कार्ड लिन सक्छन् या सक्दैनन् ? बैंकले सामाजिक संजालमा बुस्ट गर्न ५०० को डलर कार्ड दिन्छ। तर ५०० डलर सकिए पछि अर्को बैंकमा खाता खोलेर ५०० को डलर कार्ड लिएर बुस्टको लागि खर्च गर्न पाउने नीति नियम कानुन छ या छैन ? फेसबुक लगाएत सामाजिक संजालमा ५०० को बुस्ट गर्ने कति वटा डलर कार्ड बैंकहरूले जारी गरेका छन ? फेसबुक,युवट्युव लगाएत बिदेशी सामाजिक संजालको लागी नेपाल र नेपाली दुहुनो गाई नहोस् ।