२०८० असोज २६ काठमाडौं । नेपालीहरुको महान चाड बढा दशै २०८० साल असोज २८ गते देखि सुरु हुँदै छ । महान चाड दशैको उपलक्ष्यमा नेपालमा रहेका सार्वजनिक संघ, सस्था, कार्यलय र सरकारी कार्यलयहरू सवैमा सार्वजनिक बिदा दिने नियम – चलन रहेको छ । बिदेशमा रहेका राजदुतावास, नेपाली कुटनैतिक नियोगमा समेत अति आबस्यक कामलाई सुचारु राख्दै सार्वजनिक बिदा दिने नियम-चलन रहेकोछ । बर्ष दिनमा एकचोटि मनाईने बढा दशै मनाउनमा बिदेशमा रहेका नेपालीहरू, स्वदेश भित्रै कामको सिलसिलामा घर भन्दा बाहिर रहेका नेपालीहरू आ-आफ्नो घर परिवार सग सगै बसेर रमाईलो गर्ने चलन रहेको छ ।

बढा दशैको उपलक्ष्यमा नेपाल सरकारले आफ्ना सवै कर्मचारीलाई दशै मनाउन एक महिनाको तलब बराबर दशै खर्च दिने दिने गर्दछ । बढा दशैको उपलक्ष्यमा कति सरकारी कार्यलयहरू फुलपातीको अघिल्लो दिन सम्म खुल्ला रहेपनी नेपालमा रहेका सवै अड्डा अदालतहरूमा असोज २८ गते देखि कोजाग्रत पुर्णिामा सम्म सार्वजनिक बिदा हुनेछ । आज अड्डा अदालतले समेत सूचना निकाल्दै कोजाग्रत पुर्णिमा सम्म अदालतका सवै कर्मचारीहरुलाई सार्वजनिक बिदा दिने सूचना जारी गरेको छ ।