२०८० असोज २६ काठमाडौ । पत्रकार अर्थ सवाल साप्ताहिकका सम्पादक रमेश कुमार बोहोरा सम्मानीत भएका छन् । काठमाडौमा मिलाप मासिकद्वारा आयोजित विशेष समारोह कार्यक्रमका प्रमुख अतिथि पूर्वउपराष्ट्रपति परमानन्द झाले बिहीबार बोहोरालाई सम्मान गरेका हुन् । बोहोरालाई मिलाप मासिकका सम्पादक कृष्ण भुसालले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका कार्यसमिति सदस्यसमेत रहेका बोहोरालाई ‘मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट सम्मान गरिएको हो । बोहोराले पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको मिलाप मासिककी कार्यकारी सम्पादक तथा मिलाप फाउण्डेसनकी अध्यक्ष गिता अधिकारीले जानकारी दिएकि छन । पत्रकार रमेश कुमार बोहोरा बिगत १६ वर्षदेखि निरन्तर नेपालको पत्रकारितामा सक्रिय छन् ।

बोहोराले कोरोना महामारीका बेला कोरोना पत्रकार महासंघ काठमाडौंको तर्फबाट पत्रकारहरुलाई राहतका कार्यक्रम सञ्चालन गरेका थिए । उनले कोरोना संक्रमति पत्रकारलाई भेटेर स्वास्थ्य सामग्री वितरण गर्नुका साथै अन्य आवश्यक सहयोग समेत गरेका थिए । कोभिड संक्रमति पत्रकारहरुले उपचारका लागि अस्पतालमा भर्ना नपाउँदा उनले विभिन्न अस्पतालहरुमा सम्पर्क गरी अस्पताल पुर्याएर उपचारमा सहयोग गरेका थिए । बोहोरा सधैंनै पत्रकारको मुद्दामा अग्रसर भएर लागिपर्ने एक असल पत्रकारहरूका नेत्ताको रुपमा चिनिन्छन । उनी काठमाडौं शाखाको साना लगानी तथा स्वरोजगारमूलक मिडिया समन्वय विभाग संयोजकसमेत रहेर काम गर्दै आएका छन् ।

कार्यक्रममा आफ्नो क्षेत्रबाट समाजलाई उल्लेखनीय योगदान पुर्याएका अन्य व्यक्तिलाई पनि सम्मान गरिएको थियो । (श्रोत:आजको खबर )