२०८० असोज २५ काठमाडौ । स्टार अनलाइन टिभी द्वारा प्रकाशित समचार बाट ब्यक्तिगत जीवन असुरक्षा भएको, शान्ती सुरक्षामा असर पुगेको भन्दै डाक्टर : रण बहादुर चन्दले आपत्ति जनाएका छन । र उनले आफ्नो फेसबुक बाट स्टारअनलाइन टिभी लाई बिशेष अनुरोध पत्र लेखेका छन। अनुरोध पत्र जस्ताको त्यस्तै:………………

STARONLINE TV लाई मेरो अनुरोध
Staronline TV बाट प्रकाशित (१५ आश्विन २०८०, सोमबार १०:०२) “ बरालको चर्तिकला, मायाजालमा डुवेपछी हात धोएर पुर्व एआईजी चन्दको पक्षमा” भन्ने समाचार प्रति मेरो बिशेष ध्यानाकर्षण भएको छ ।

यस प्रकाशित समाचारको बिभिन्न प्याराग्राफहरुमा मेरो ब्यक्तिगत चरित्र माथि आँच आउने गरी कपोलकल्पित प्रेषणहरु प्रति मेरो घोर आपत्ति रहेको छ । ति बुँदाहरुमा उल्लेखित समाचारको बारेमा म सम्बन्धित मिडियालाई स्पष्ट पार्नका लागि अनुरोध गर्दछु ।

१. “पूर्व एआईजी चन्दले अर्कै एक युवतीलाई नै पनि आफ्नो मायाजालमा पारेर ठूलो रकम झ्वाम पारेको एक विश्वस्त स्रोतले बताएको छ। उनले पदीय मर्यादासमेत ख्याल नगरी उक्त युवतीलाई आफ्नै श्रीमती जस्तै म्यासेज गर्ने गरेको पाइएको छ । आफ्नो स्वार्थ पूरा भएपछी चन्दले ती युवतीलाई अहिले अलपत्र बनाएका छन।“ भन्ने समबन्धमा, कामको शिलशिलामा, चिने जानेका साथीभाई, नातागोता वा अन्य बाट घर ब्यवहार, ब्यवशाय आदिका लागि हुने लेनदेन सबै मानिसहरुका लागि स्वाभाबिक नै होला तर कसैलाई मायाजालमा पारेरै सोही कारणले मैले कुनै रकम लिएको छैन र कसैलाई अलपत्र पार्ने काम पनि गरेको छैन । यो कुरा स्पष्ट पारी दिनु पर्यो ।

२. “यता महिलाहरूलाई मायाजालमा पारेर लुटधन्दा मच्चाउन खोज्ने चन्दको खास चाहनट यो आफैमा बुझिनसक्नु छ ।“ भन्ने समबन्धमा यो लुटधन्दा भनेको के हो? मैले कहाँ कसलाई कुन ठाउँमा लुटधन्दा गरेकोछु, यसको स्पष्टीकरण पाउँ ।

३. केही दिन अगाडी मात्रै बराल र चन्द सिन्धुपाल्चोकको चर्चित रिसोर्ट सुकुटे वीच रिसोर्टमा पनि सँगै गएको खुल्न आएको छ । उनीहरूबीच त्यहा केही समय बिताएर राती नै फर्केका थिए। अहिलेपनि उनीहरू संगसंगै रहने गरेको पाइएको छ।“ भन्ने समबन्धमा मेरो तारा बराल संग कुनै कार्यक्रमका बारेमा त्यो पनि बिगतमा एउटा दुइटामा छोटो कुराकानी बाहेक कुनै पनि प्रकारको घनिष्ठता, संगै घुम्ने हिंडने केहि पनि छैन । कहिल्यै पनि संगै बसेर चिया कफी समेत नखाएको अवस्था छ । मैले निज बराललाई सुकुटे लगेको छैन भने त्यहाँ बस्ने त कुरै भएन । यसको प्रमाण सहित स्पष्टीकरण पाउँ ।

४. “त्यसकारण पूर्व एआईजी जस्तो सार्वजनिक व्यक्तिले कुनै अमुक महिलालाई प्रयोग गर्दै आफूमाथि लागेको दाग मेटाउन खोज्नु पक्कैपनि न्यायसंगत मान्न सकिदैन।“ भन्ने समबन्धमा यसमा आफु माथि लागेको के कुन दाग मेटाउन भनेको हो ?

५. हाल म मेरो अवकाश प्राप्त जीवन बिताई रहेको छु । म जहाँसुकै जतासुकै पनि घुमफिर, हिडडुल गर्नु मेरो ब्यक्तिगत सवतन्त्रता पनि हो । कपोलकल्पित सरोकार बाहिर गएर समाचार बनाई मेरो सवतन्त्रता र गोपनीयतामा आँच पुर्याउने गरी एउटा मिडियाले मेरो पिछा गरि रहनु पर्ने कारण के हो ? सो समेतको जानकारी पाउँ ।

६. यदि मेरो गतिविधिले कोही कसैलाई वा निजको परिवारलाई हानी नोक्सानी पुर्याएको भएमा उक्त ब्यक्ति वा परिवारले उजुरी गर्नु पर्छ जसको जवाफ दिन म तयार छु । तर कुनै सरोकार नै नरहेको बिषयमा तपाँईको मिडियाले प्रशारण गर्नुको पछाडीको रहस्य के हो ?

७. यस्तो पीत पत्रकारिताले मेरो मानिसक अवस्था बिचलन भएको छ, आगामि दिनहरुमा ब्यक्तिगत जीवन र सुरक्षामा नै गम्भीर खतरा बढन गएको महसूस मैले गरेको हुँदा मलाई कही कतै केही हुने कुराको सम्बन्धित Staronline TV के सम्पूर्ण जिम्मा लिने हो ?

८. आगामि दिनहरुमा पनि उनीहरुबाट नै मेरो शान्ति सुरक्षाको संबेदनशीलताको जिम्मेवारी पनि लिइनु पर्ने हो होईन ? मिडियामा काम गर्ने ब्यक्तिहरुले लिने गरेको जो कोहीको पनि लोकेशन, गतिविधिको जानकारी बिना कारण लिने मिडियामा प्रशारण गरि दिने यसबाट कसको चरित्र मान मर्यादामा के फरक परछ यसको कुनै वास्ता नहुने हो भने त जसले जे गर्दा नि होला नि त ?

९. यदि माथिका कुराहरु यहाको मिडियाका समाचार बनाउने भाई बहिनीहरु वा मिडिया संचालकले दिन सक्नु भएन भने Staronline TV ले मोटो रकम लिएर कसैको चरित्र हत्या गर्ने काम गरेको स्पष्ट छ । त्यस कार्यका लागि तपाईको योजनाकार बसेर डिल गरेको स्थान, कुरा गरेका ब्यक्तिहरु, पाएको रकम, के कसरी पायो, ति सबै बिवरण सहित एउटा टोलीले मिडियाबाट नै लाईभ गर्ने छ तयारी बस्नु होला भनेर मैले भन्न मिल्ने कि नमिल्ने ? यसको पनि जानकारी पाउँ । धन्यवाद ।
( नियमानुसार नेपाल प्रेस काउन्सीलमा यो बारेको जानकारी दिएको छु, र बिधिवत रुपमा Staronline TV लाई पनि जानकारी गराएको छु)