२०८० असोज २४ काठमाडौ- चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध चेतन मानन्धरको श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन् । रिट दर्ता भएपछी प्रारम्भिक सुनुवाइ हुन बाँकी छ । अदालत बाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा २०८० असोज ३ गते रास्ट्रपति रामचन्द्र पौडेले आममाफी दिएपछी आफ्ना श्रीमान्‌का हत्यारालाई कारबाही गर्ने माग सहित न्यायका लागि भारती यतिबेला नेपालगञ्जबाट काठमाडौं आइपुगेकी छिन् ।

संविधान दिवसका अवसरमा व्यक्ति हत्याका आरोपी योगराज ढकाल (रिगल) लाई राष्ट्रपतिबाट आममाफी दिने निर्णय न्याय मारेको न्याय माथी प्रहार गरेको नियम कानुन हस्तक्षेप गरेको भन्दै पीडित परिवार अदालत पुगेका छन । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् ।

प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले रिगलको कैद सजाय मिनाहा गरिदिएका हुन। राष्ट्रपति पौडेलले दिएको माफी गैरकानुनी सान्ती सुरक्षाको भावना बिपरित भएकाले उक्त निर्णय बदर गरी अभियुक्तलाई थुनामा राख्नुपर्ने अन्तरिम आदेश माग गर्दै चेतनकी पत्नी भारतीले असोज १४ गते रिट दायर गरेकी थिइन्।

योग ढकाल ढकालको खुडा प्रहारबाट २०७२ साल असाार २९ गते चेतन मानन्धरको मृत्यु भएको थियो । उक्त घटनामा संलग्न ढकाल लाई जिल्ला अदालतल बाँकेले दोषी ठहर गरीसकेको थियो । अदालतको फैसला अनुसार उनी सजाय काटिरहेका थिए । सर्वस्वसहित जन्मकैद पाएका तरुण दलका नेता रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिइएपछि उनका समर्थक सहित गाडीको लावालस्कर सहित खुसीयालिको भिडिओ बनाउदै कारागारबाट निस्किएका थिए ।

अर्को तिर पीडित चेतन मानन्धरको श्रीमतीले ‘म मरे पनि न्याय नमरोस्’, भन्दै पति चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आम माफी दिने सरकारको निर्णयविरुद्ध संघर्षरत भारती मानन्धरले मंगलबार माइतीघरमामा कार्यक्रम गरेर भनिन्, ‘न्याय पाउने आशा अझै मरेको छैन ।

न्यायका लागि नेपालगन्जबाट काठमाडौं आएर उनी लामो समय देखि काठमाडौको माइतीघरमा रिले अनशनमा छिन् । न्यायको खोजीमा रहेकी उनले माइतीघरमा आउँदा केही आत्मबल बढे पनि ‘कति बेला म माथी के हुन्छ मलाई थाहा छैन,’ उनले भनिन्, ‘तर मलाई जतिसक्दो चाँडो न्याय चाहिएको छ ।’ अनशन सुरु गरेर सर्वोच्च अदालतमा पुगेकी उनलाई बेहोश भएपछि वीर अस्पताल लगिएको थियो । तारिख लिएर फर्किने क्रममा उनी सर्वोच्च अदालतपरिसरमा बेहोस भएर ढलेकी हुन ।

उनका पति चेतनलाई रिगल ढकालसहित १५ जना भन्दा धेरैको समूहले २०७२ साल असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोक नजिक दिनको समयमा हात खुट्टामा खुँडा हानेर निर्मम तरिकाले हत्या गरेको प्रहरीको जाहेरीमा उल्लेख छ । हत्याको करिब एक महिनापछि २०७२ भदौ ७ गते योग ढकालले अदालतमा आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । ज्यान मार्ने कसुर र हत्यामा संलग्न भएको आरोपमा ढकालसहितलाई कर्तव्य ज्यान मुद्दा प्रहरीले चलाइएको थियो । प्रहरीले दर्ता गरेको मुद्दामा बाँके जिल्ला अदालतले हत्यामा संलग्न १३ जनामध्ये योग ढकाल ढकाल, प्रेमध्वज खत्री (प्रशान्त गौतम), छविलाल बस्नेत (बिशाल), मोहनलाल खड्का (नवराज खत्री) लाई सर्वस्वसहित जन्मकैद सजायको फैसला सुनाएको थियो ।

सोही फैसला अनुसार सजाय भोगिरहेका योग ढकाल ( (रिगल) लाई गणतान्त्रिक संविधान दिवसको पावन अवसरमा २०८० साल असोज ३ गते नेपालका सम्माननिय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्युले कैद माफी मिनाहा दिएका थिए । यहि खबरलाई पीडित भारतीलाई उनका आफन्तहरूले सुनाउँदा छाँगाबाट खसेझै भएँ भनेर भारतीले मिडिया समक्ष भनिन् । आजको दिन सम्म मलाई अदालतले न्याय दिएको थियो तर फेरि प्रचण्ड सरकार र राष्ट्रपती रामचन्द्र पौडेलले ममाथि बज्रपातपुर्ण काम गरेर अन्याय गरेको हुँदा न्याय माग्न काठमाडौं आएकी छु भनेकी छन ।

अर्को तिर चेतन मानन्धरको हत्यारा रिगल लाई राष्ट्रपति रामचन्द्र पौडेल द्वारा दिएको आममाफीको निर्णयका विरुद्ध देश ब्यापी चर्को आलोचना भैईरहेको छ । भने आज मानव हत्या गरेर सजाय भोगीरहेका रिगललाई राष्ट्रपतिले आम माफी दिएको भन्दै काठमाडौको माईतिघर बबरमहल एरियामा हत्यारा योग ढकाल लाई तुरुन्तै गिरफ्तार गर, अदालतको आदेश लाई संमान गर, राष्ट्रपतिको कदम मुर्दावाद जस्ता नारा लगाउदै जूलूस प्रदर्शन भएको छ ।