२०८० असोज २१ काठमाडौ । स्थानीय निकायका करार,अस्थायी र स्थायी कर्मचारीहरू बिगत १० दिन देखि काठमाडौ केन्द्रीत भएर विभिन्न मागहरू राख्दै सडक आन्दोलनमा केन्द्रीत भएका छन । आज स्थानीय निकायका हजारौं कर्मचारीहरूले काठमाडौको माईतिघर देखि नंयाबानेश्वर चोक सम्म सिठी जूलूस प्रदर्शन गरेका छन ।

सडक आन्दोलनमा केन्द्रीत कर्मचारीहरूको माग अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने, पेन्सन सुविधाको ब्यबस्था गरिदिनुपर्ने, कर्मचारी ट्रेडयुनियको हक सुरक्षित गर्नुपर्ने, सरुवा ७७ ओटै जिल्लामा हुनु पाउनुपर्ने कर्मचारी माथी राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने लगाएत विभिन्न माग राखेका छन । सरकारले माग पूरा नगरे स्थानीय निकायका सवै काम रोक्ने समेत आन्दोलनरत कर्मचारीहरूको चेतावनी रहेको छ ।