२०८० असोज १९ काठमाडौ । सर्चित कानून व्यवसायी  तथा त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पस, प्रर्दशनी मार्ग काठमाण्डौमा कार्यरत स्थायी उप-प्राध्यापक  डा. नेवल चौधरीद्धारा अग्रेजी भाषामा लेखिएको स्नातकोत्तर तह (LL.M.) बाणिज्य कानून (Commercial Law) को पाठयक्रममा आधारित, बाणिज्य कानूनमा रुचि राख्ने जिज्ञासुहरुको जिज्ञासा मेटाउन, नेपालमा विदेशी लगानी गर्न चाहने इच्छुक लगानीकर्ताको जानकारीको निमित्त तथा नेपालमा प्रत्यक्ष विदेशी लगानीसंग सम्बन्धित रहेको नितिहरु, ऐन, नियम तथा कानून समेतमा आधारित रहेको पुस्तक बजारमा ल्याएका छन् । उक्त पुस्तकमा विदेशी लगानीमा देखिएका समस्या समाधानका निमित विदेशी अदालतहरुबाट भएका फैसलाहरु पनि उल्लेखित रहेका छन ।

डा.चौधरीले बाणिज्य कानून(Commercial law) अन्तर्गत नेपालमा प्रत्यक्ष विदेशीमा देखिएका समस्या तथा सम्भावना (Problems and Prospects of Foreign Direct Investment in Nepal) विषयमा पीएचडी गरेका छन्  । उप- प्राध्यापक  डा. नेवल चौधरी   नेपालमा प्रत्यक्ष विदेशी लगानीको विशेष सन्दर्भको साथ, वाणिज्य कानूनमा  उत्कृष्ट पुस्तक, एक अनुसन्धानात्मक सन्दर्भ ग्रन्थको रुपमा आधारित पुस्तक प्रकाशित गरेका छन्। जुन पुस्तकको नामः Commercial Law: with Special Reference  to Foreign Direct Investment In Nepal ( A Research-based Reference Book) रहेको छ ।