२०८० असोज १५ काठमाडौ । सेयर बजार नेप्से ३२०० बाट १८०० आसपासमा झरेपछी नेपालको पुजिबजार सम्बन्धि हेर्ने निमायक निकाय मध्ये सवैभन्दा सक्षम, निष्पक्ष, ईमान्दार, भरपर्दो निमायक निकाय नेपाल ईस्टक एक्सचेञ्ज (नेप्से) ले नेपाली सेयर लगानीकर्ता नफसुन र धेरै भन्दा धेरै सेयर कारोबार गरेर सेयरमा लगानी गरेर कमाउन सकुन भन्ने उदेश्यले ध्यान-पत्र सार्वजनिक गरेको छ । नेपाल ईस्टक्स एक्सचेञ्ज (नेप्से) ले जारी गरेको ध्यान-पत्रमा पुजिबजार/सेयर बजारमा लगानी गर्दा सचेत भएर लगानी गर्न आह्वान गरेको छ ।

 

सेयर मुल्य सस्तो महङ्गो बनाउन बजारमा विभिन्न भ्रामक कपोलकल्पित समाचार बनाईन सक्छन् भन्दै पुजिबजारमा लगानी गर्दा निम्न कुरामा ध्यान दिन ध्यन-पत्र मार्फत नेप्सेले अपिल समेत गरेको छ। नेप्से द्वारा सार्वजनिक गरेको ध्यान-पत्रमा लगानीकर्ताले सचेत भएर लगानी गर्नु पर्ने , जोखिम बहन गर्ने क्षमता हुनुपर्ने , हल्लाको भरमा लगानी गर्नु नहुने, कम्पनीको गतिविधि बुझ्नुपर्ने, कम्पनी संचालकको आचरण, आनिबानी कस्तो छ भनेर अध्यन गर्नुपर्ने, कम्पनी अध्यन गरेर लगानी गर्नुपर्ने , दीर्घकालीन लगानी गर्नुपर्ने , एक्कासि आईपर्ने घटनाको कारण सेयर मुल्य घटदा सहन सक्ने क्षमता हुनुपर्ने लगाएतका बुदाहरू भएका ध्यान-पत्र सार्वजनिक गरेको छ।