२०८० असोज १३ काठमाडौ । “सन २०१८ तिर नेपालमा बिदेश बाट ३३किलो सुन भित्र्याईयो । ३३ किलो सुन प्रकरणमा एक जनाको ज्यान गयो । कति अहिलेसम्म जेलैमा होलान् । त्यतिबेला सुनको मुल्य ५०/६० हजारको हाराहारीमा थियो। त्यस्को २/३ बर्ष पछि सुन तोलाको लाख नाग्यो । अहिले १०० किलो सुन अवैध बाटो हुँदै नेपाल भित्र्याईयो । अहिले सुनको मुल्य लाखको हाराहारीमा रहेको छ । अब सुनको मूल्य तोलाको दुईलाख नाघ्ने नै हो त”?
“३३ किलो, १०० किलो सुन काण्ड देखिएका उदाहरण मात्रै हुन । अरु कति किलो सुन नेपाल भित्र्याईको होला लेखाजोखा छैन। नेपाल भित्र्याईयो सुन कहाँ छ ? नेपाल सुन ब्यबसायीहरू प्रती प्रश्न गर्ने कि नगर्ने ? नेपालको बाटो हुँदै भारत सुन लैजाने हल्ला पनि सुनिदैछ । ३३ किलो सुन, १०० किलो सुन किन्न पैसा बिदेश पठाउने माध्यम बारे नेपाल राष्ट्र बैंकलाई जानकारी छ कि छैन ? कि जानकारी भएर पनि चुपचाप रहेकोत होईन राष्ट्र बैंक ? यसरी अर्वौ पैसा बिदेसिएका खवर सुन्दा राष्ट्र बैंक चुपचाप बस्दा राष्ट्र बैंक प्रती सम्बन्धित निमायक निकायले छानबिन र कारबाही प्रक्रियामा किन अगाडि बढाउदैन ? राष्ट्र बैंक माथि नेपाल सरकार, अर्थमन्त्रालयले किन छानबिन गर्दैन”?
“अर्को तिर ३२ खर्व नेपाली रकम बिदेश पलायन भएका खबरहरू पत्रपत्रिका, मिडिया, सामाजिक संजालमा छ्याप्पछ्याप्ती भाईरल छन । ३२खर्व रकम नेपाल बाट के प्रयोजनको लागि बिदेसिएको हो ? रकम बाहिरिएको हो भने खर्वौ रकम बिदेस पलायन हुन बाट रोक्ने काम निमायक निकाय नेपाल राष्ट्र बैंकको पहिलो जिम्मेवार भित्रै पर्दछ यसमा दुईमत छैन । रकम बिदेसिन बाट रोक्न नसक्ने राष्ट्र बैंकका प्रमुख असफल पात्र नै हुन । याबत प्रश्न जिज्ञासा् चासोको आधारमा नेपाल लाई असफल, अबिकसित, गरिव मुलुक बनाउन राष्ट्र बैंकनै लागेको त छैन ? भन्ने रास्ट्र बैंक माथी औंला उठाउने कि नउठाउने ? नेपाल सरकार र नेपाली जनताको ध्यान अब राष्ट्र बैंक प्रती जानुपर्ने देखिन्छ”।
“नेपाली नागरिक बिदेश जाने,बिदेशी नागरिकता लिने अनि नेपालमा भएको आफ्नो सम्पत्ति बेचेर अबैध बाटो हुँदै नेपाली पैसा बिदेश लैजाने चलन बढेको पनि सामाजिक मिडियामा समाचार आईरहेका छन । नेपालीले बिदेश गएर बिदेशमा कम्पनी खोल्ने, नेपालमा पनि कम्पनी खोल्ने अनि त्यही कम्पनी मार्फत बिदेशको कम्पनीमा पैसा पठाईरहेका समाचार मिडियामा सार्वजनिक छन । हुण्डी बाट बिदेश पैसा पठाउन नेपालका बैंकहरूनै संलग्न भएका बिषय समेत नागरिक समाजका अगुवा नेत्ताले बताउदै आएका छन”।