२०८० असोज १० काठमाडौ । नेपाली राजनीतिज्ञले नेपालमा नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली यहाँ ल्याए भन्नुहुन्छ डाक्टर: रण बहादुर चन्द । वहाँले फेसबुकवालमा लेखेको सार्वजनिक लेख जस्ताको त्यस्तै ´जस्ता जनता, त्यस्तै नेता,देश त सबैको हो नि, सबैभन्दा बढी अधिकार, सार्वभौमसत्ता जनतामा निहित छ संबिधानमा भनेको पनि छ तर यो वाक्यांस कुन जनताले कसरी बुझ्ने समस्या यहाँ निर आयो । के हामिले आफ्नो सार्बभौमसत्ताको महत्व बुझेर राष्ट्रहितमा प्रयोग गर्न सकेका छौं त? यसको जवाफ यहाँहरु बाठ अपेक्षा । हामि साना साना स्वार्थले ग्रसित भैसकेको महसुस हुन थाल्यो । यहाँ कुनै पनि क्षेत्रमा केही पनि पध्दति नभएको देखियो । उही दुधको पोखरी बनाउने काममा गाउँलेहरु सबैले पानी बोकेर ल्याएको कथन लागु भैरहेको छ । हामि कोही पनि आफुलाई कत्ति पनि परिवर्तन गर्दै नगर्ने वाला छौं । देश बनाउने जिम्मेवारी त सबै जनताको बराबरी हो । आ-आफ्नो क्षेत्रबाट हरेकको योगदान रहनै पर्छ यो सत्यता हो । जब सम्म देशका नेताहरुले, सामाजिक अगुवाहरुले यो कुरा राम्रो संग बुझ्दैनन, सर्ब साधारण नागरिकहरुलाई यो बाटोमा डो-याउँदैनन, आम नागरिकहरुले राष्ट्र निर्माणमा आफ्नो महत्व के हो कहिले र के बुझ्ने । बिकसित देशका जनताको कुरा गरौं जापानमा अहिलेका नागरिकहरुका पुर्बजहरुले आफ्नो केही नभनेर देश कै लागि योगदान गरेकाले अहिलेको जापान भएको होला, त्यस्तै दक्षिण कोरिया, अमेरिका, रुस, चीन आदि सबै देशको इतिहास होला । देशको लागि योगदान कसै न कसैले त गर्नै पर्ने होला नि त । देशभक्तिको कुरा नागरिकहरुलाई भाषणमा सुनाएर मात्रै त नपुग्ला । तर जजसको शरीरमा देशभक्तिको रगत छ, जीवनकालमा राष्ट्रकालागि केही गरौं भन्ने बंशाणु रहेको छ ति नेपाली नागरिकहरु सडकमा उत्रिनै पर्छ अब । हामि एकले अर्कोलाई दोष लगाएर घरमा बस्यौं भने अनि यहाँ जनतालाई ठग्न सिपालु नेता, नेताका समर्थक चाकडीबाज धेरै कर्मचारीहरु, नेताहरुका साथी ब्यापारी सबैले जसरी हुन्छ देश जनतालाई जे जे गरेर लुटेर हुन्छ आफ्नो स्वार्थ सिध्दि नगरे के गर्लान ? हामि सबैले आफ्नो लालचि मनका कारण केही भै हाल्छ कि भनेर नेता, त्यस्तै कर्मचारी, ठग ब्यापारीलाई मनपरी गर्न दिई रहेका छौं । तर यहाँ यो पाराले केही हुनेवाला छैन । मन्त्री भै सकेका नेताहरु बहुसंख्यकले लुटेरै वा लुटेराहरुलाई सहज बाताबरण बनाई दिएरै धन कमाएका छन, जनताहरुलाई झुक्याएर दुई नम्बरी काममा आफ्ना छोरा छोरी, नातेदारको सहभागिताबाट पैंसा कमाएका छन । तिनको प्रगति देखेर नेता भनिने कनिष्ठहरु पनि पालोको पर्खाईमा देखिन्छन । कुरा राम्रा तर काम चाँहि दुई नम्बर गरेर जनताहरुलाई भ्रमित पार्ने काममा लागेका सबै ठगहरुलाई अलग्याउनु पर्ने दुबिधा जब सम्म जनताको मनबाट हटदैन र देश बिकासको काममा एक मत हुन सकिँदैन तब सम्म यहाँ यिनै कथित ठग भनाउँदाहरुको यस्तै कृयाकलाप चलि रहन्छ । यहाँ कुनै बिकास र राम्रो कुराको कल्पना नगर्दा राम्रो । यसरी बुझ्नुस कि नेपालको बिकासको चरम बिन्दु अहिले जे देख्नु भा छ यत्ति हो ।
नेपाली युवाहरुलाई बिदेशीहरुका नोकर बनाउने प्रणाली यहाँ ल्याए । हाम्रा युवाहरुलाई बिदेश पलायन हुन बिभिन्न प्रकारले बाध्य तुल्याए । नेपालमा कुनै प्रकारको उत्पादन हुन नदिने वातावरण तयार गरेर भएका प्राकृतिक सम्पदामा खडा गर्न सकिने कुनै पनि उधोग यहाँ राखिएनन । नेपालमा आवश्यक दैनिक उपभोग्य बश्तुहरु आयात मात्र हुन थाले । नेपाललाई परजीबी बनाउने कोशिस गरियो र अझै जारी छ । एउटा पार्टी, अर्को पार्टी भनेर राजनीतिको नाममा नेपालीहरुलाई बिभाजित गरिएको छ । गाउँमा कोही पनि साधारण नागरिक भेटन मुस्किल नै छ । त्यहाँ त पार्टिका मानिस मात्र फेला पर्छन । पार्टिका मानिसहरुमा यत्ति बिरोधाभाष छ कि एकले अर्को संग पानी बाराबारको अवस्था छ । अनि यस्ता यी आपसीका लडाकु दललाई तपाँईको देशको के र किन नै चिन्ता हुन्छ र । यिनको पहिलो प्राथमिकता भनेको देशको साधनश्रोत परिचालन गरेर चुनाव जित्ने मात्र हो । यहाँ कुनै बिकास उकास केही हुने र गरिने वाला छैन । हामिले यिनिहरुको ठगी धन्दाका लागि सारा चिज गुमाई रहेका छौं, हामिलाई हाम्रो चिन्ता छैन तर कथित यि ठगहरुका लागि हामि नेपालीहरु पशु जस्तै दुख र कष्ट बोकि रहेका छौं । यहाँ राम्रो काम गर्नुस तपाँईको लागि भए भरका कानून हेरिन्छन, नराम्रो काम गर्नेहरुलाई शायद तजबिजी/ स्वबिबेकीय अधिकारका कानूनका पानाहरु मात्र पल्टिन्छन । बैकबाट तपाँई हामिले कुनै पनि ऋण लिन सकिदैन, बैंकले भन्छ कि तपाँइको अनुभव वा बिगतमा कामगरेको प्रोफाईल चाहियो भन्छ । किनकि बिगतको अनुभव त यिनै कथित ठगका मानिसहरुसंग मात्र हुन्छ । बिगतको पाँच बर्षमा देशका केही होनहार युवाहरुले कृषि ऋणका लागि गरिएको भरमग्दुर कोशिषमा ऋण के हो कसरी पाउने हो केही थाहा हुन नसकेको अनुभव बटुलियो । हामि हाम्रा कथित नेता, ब्यापारी, कर्मचारीहरुलाई यही अवस्थामा देख्न र राख्न चाहाने भएरै यो अवस्था आएको होला भन्न अत्युक्ति नहोला । त्यसैले जस्ता जनता, त्यस्तै नेता`।